दुई सय ३० किलो लागू औषध गाँजा ओसारपसारमा संलग्न रहेको फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
188 पाठक संख्या

कलैया : बारा प्रहरीले २ सय ३० किलो लागू औषध गाँजा ओसार पसारमा संलग्न रहेको फरार प्रतिवादीलाई छ महिना पछी पक्राउ गरेको छ।

पक्राउपर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ३३ वर्षीय अजित कुमार महतो नुनिया भन्ने अजित कुमार रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट २ सय ३० किलो १५ पोका लागु औषध गाँजा बरामद गरिएको थियोे ।

२०८१ बैशाख ०६ गते ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ ईनर्वामा गाँजा जुटको बोरामा राख्दै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोज्दा प्रहरीले १ राउण्ड गोली हवाई फायर गरेको थियो ।

सोहि दिन रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहा बस्ने अन्दाजी २३ वर्षीय चन्दन पासवानलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट लागू औषध मुद्दा चलाईएको थियो ।

फरार भएको ६ महिना पछि कार्तिक १ गते पक्राउ गरी कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

Leave a review