Sajhedari Daily
Latest News from Nepal

कलैयामा कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम

Top Aside Banner

रबिन्द्र प्रसाद साह/
बाराको कलैयामा शुक्रवार कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।लुमन्ति आवाशको लागि सहयोग समूह कलैयाको आयोजना तथा फ्र्याङ्क वाटरको सहयोगमा शहरी गरिबी निवारण मञ्च एवम् शहरी सामुदायिक सुचना केन्द्रको सभाहलमा उक्त कार्यक्रम गरिएको हो ।

लुमन्ति आवाशको लागि सहयोग समूह कलैयाका कार्यक्रम संयोजक अब्दुल कैशको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागिहरुलाई नेशनल मेडिकल कलेजका एसोसिएट प्रोफेसर तथा साइक्लोजिष्ट सन्देश सावन्तले कोरोना भाईरस, प्रकोपमा मानसिक तथा मनोसामाजिक हेरचाह बारे जानकारी गराएका थिए।

उक्त कार्यक्रममा दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रामरतिदेवी पासवान, लुमन्तिका सामुदायिक सहजकर्ताहरु अनिल मन्डल, सुर्यराज पासवान, विपिना थापा, लुमन्तिकी लेखापाल नितु मन्डल, शहरी गरिबी निवारण मन्चका अध्यक्ष रबिन्द्र प्रसाद साह , मन्चका कार्यक्रम संयोजक शिवनाथ राम लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम पुर्ण रुपमा सानाजिक दुरी कायम गर्दै आयोजकबाट बितरण गरिएको मास्क तथा पन्चा लागाई सहभागिहरु साबुन पानीले हाती धोइ सहभागी भएका थिए।