उमाकान्त चौधरी र रमेश दंगालको मतदाता भेटघाट जारी

साझेदारी दैनिक
633 पाठक संख्या

धिरेन्द्र पनुहर
कोल्हवी, २४ कार्तिक
बारा निर्वाचन क्षेत्र नम्ब १ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार उमाकान्त चौधरी ,प्रदेश सभा सदस्य रमेश दंगालले घरदैलो कार्यक्रम बिहीवार सम्पन्न गर्नु भएको छ।
घरदैलो कार्यक्रम अन्तरगत कोल्हवी नगरपालिका वडा नम्बर ५ को बोधवन,रामबन,बलुवा, ककडि, सखुआवा, वडा नम्बर ६ को प्रसौना, सोनाभार,वाड न ३ को जुअवा लगाएत टोलहरुमा घरदैलो गर्नु भएको छ ।
उक्त घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार रबिन्द्र पनुहर,सुमिन्त्रा देवि चौधरी सयुक्त्त रुपमा नेपाली कांग्रेस बाराका कोषाध्यक्ष बासु प्रसाद चौधरी , कोल्हबि नगरपालिकाका नगर सभापति बिरेन्द्र चौधरी ,उपसभापति बसन्त चौधरी , निजगढ नपा का पुर्व मेयर सुरेश खनाल, नेपाली कांग्रेसका नेता शम्भु बुढाथोकी, माला लामा, बामगठ्बन्धनका नेताहारु रामचन्द्र साफि, अमृत जि आर, तरुण दलका क्षेत्रीय सभापति ॐप्रकाश चौधरीको समेत विशेष उपस्थित रहेको थियो ।
यसैगरी सो अवसरमा पुर्व वडाअध्यक्ष सार्थक पौडेल, युवा नेता रबिन्द्र चौधरी, शोभलाल चौधरी, बिरेन्द्र चौधरी, बालेश्वर चौधरी, ओम प्रकास चौधरी, सन्जु चौधरी, रमेश चौधरी, महिला नेत्री रतनमाला चौधरी ,ललिता राम लगाएतका कार्यकर्ता र समर्थकहरुको उपस्थिति रहेको थियो। घरदैलोको क्रममा वाड ५ सखुआवा टोलमा टोलबासिहरुले उमेदवारहरुलाई अबिर मालाले भब्य स्वागत गर्दै जितको शुभकामना दिनु भएको थियो।
फोटोः मतदातासंग आर्शिवाद लिदै मन्त्री चौधरी ।

Leave a review

This will close in 0 seconds