पानीको खोजीमा बस्ती पसेको हरिणको उद्धार

रञ्जन यादव
578 पाठक संख्या

पर्सा : पर्सामा पानीको खोजीमा बस्ती पसेको एक हरिणलाई उद्धार गरीएको छ ।

सुख्खायामका कारण पानीको अभाव भएपछि पर्साको बौद्धिमाई नगरपालिका क्षेत्रमा रहेको जंगलबाट एउटा हरिण पानीको खोजी गर्दै करिब १२–१५ किलोमिटर टाढा मानव बस्तीमा प्रवेश गरेको हो ।

स्थानीयहरुले जानकारी गराएपछि बड्निहार सब डिभिजन बन कार्यालयका बन अधिकृत नवनीत मिश्रको नेतृत्वमा गएको गस्ती टोलीले उक्त हरिणको उद्धार गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताएका छन ।

प्राकृतिक वासस्थानबाट टाढा पुगेको हरिणलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर पुनः जंगलमै छाडिएको अहमदलेले जनाए ।

उद्धारकर्ता अधिकृत मिश्रका अनुसार पानीको चरम अभावका कारण वन्यजन्तुहरू बसोबास क्षेत्रबाट बाहिरिन थालेका छन्,जसले मानव–वन्यजन्तु द्वन्द्वको सम्भावना पनि बढाएको छ।

बन कार्यालयले यस्ता अवस्थालाई मध्यनजर गर्दै सचेतना र तत्कालीन उद्धारको तयारीमा जुटिरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds