नेपाली कांग्रेस निकटस्थ नेपाल महिला संघ बाराले विशेष तीज कार्यक्रम गरेको छ ।
महिलाहरुको लागि महत्वपूर्ण मानिएको यस पर्वमा संघले यो कार्यक्रम बाराको कलैयामा गरेको हो ।
नेपाली कांग्रेस बाराका सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्व प्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख यादवले तीज साँस्कृतिक पर्व भएकोले यसलाई सादगीपूर्ण रुपमा भव्य रुपमा मनाउन आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता नेपाल महिला संघ बाराका अध्यक्ष तथा पूर्व मन्त्री कलावती पासवानको थियो । सो कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर दुईका सभापति रामप्रवेश यादव, बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता,क्षेत्र नम्कर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,नेपाली कांग्रेस बाराका पूर्व सचिव तेजनारायण सचिवको विशेष उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का पूर्व सभापति मुकेश कुशवाहा,नेपाल शिक्षक संघका अध्यक्ष राजकिशोर सहनी,नेपाली कांग्रेस फेटा गाउँपालिकाका सभापति जयनारायण कुर्मीको सो कार्यक्रममा उपस्थिति थियो ।
ट्रेड युनियन कांग्रेस जिल्ला उपसभापति अनिला चौधरी,व्युटियन संघ बाराकी अध्यक्ष शोभा सर्राफ,पूर्व जिविस सभापति राजेन्द्र यादव,रामराजा बहुमुखी क्याम्पका कोषाध्यक्ष सरस्वती खरेल एवम महिला संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

