बाराका एसपी तामाङको सरुवा,कुवर आउँदै

साझेदारी दैनिक
628 पाठक संख्या

कलैया । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको सरुवा भएको छ । एसपी तामाङको प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा भएको हो ।

उनको ठाउँमा मानवबेचबिखन अनुसन्धान ब्युरो काठमाडौबाट नरेन्द्र कुवर आउने भएको छन् । बारामा केहि दिन देखि भैरहेको घटनाक्रम पछि उनको सरुवा भएको बुझिएको छ ।

एसपी तामाङ बारामा गत २०८१ माघ १८ गते हाजिर भएका थिए । भने उनी बारा जिल्लामा करिब १० महिना जिल्ला सम्हालेका छन् ।

Leave a review

This will close in 0 seconds