संसद पुनर्स्थापनाको माग सहित कलैयामा एमालेको जनप्रदर्शन

राजेश कुशवाहा
150 पाठक संख्या

कलैया : संसद पुनर्स्थापनाको मागसहित नेकपा एमाले बाराले शनिबार सदरमुकाम कलैयामा प्रतिगामी षड्यन्त्र विरुद्धको जिल्ला स्तरीय जनप्रदर्शन तथा जनसभा कार्यक्रम गरेको छ ।

प्रदर्शनमा सहभागि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले संसद पुनर्स्थापनाको माग गर्दे कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेका थिए । एमालेको तेश्रो चरणको केन्द्रीय पुर्वघोषित कार्यक्रम अनुसार उक्त प्रदर्शन गरिएको हो ।

नगर परिक्रमा पश्चात आयोजित सभामा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य, जिल्ला इन्चार्ज तथा पूर्वमन्त्री कमरेड ज्वाला कुमारी साहले वर्तमान सरकार संविधान विपरीत निर्माण भएको बताईन । संसद पुर्न :स्थापना मार्फत जेनजी सहितको सहभागितामा सर्वदलीय, सर्वपक्षीय सरकार निर्माण गर्नुपर्ने उनको भनाई रहेको थियो ।

संविधान संशोधन गरेर ६ महिनाभित्र निर्वाचन गरी जनप्रतिनिधिलाई स्थायी सरकार निर्माण गर्ने एमालेको बटम लाइन भएको उनले बताईन ।भदौ २३ र २४ गतेको आन्दोलन र लुटपाट आगजनीको विषयमा वर्तमान छानबिन समितिले निष्पक्ष छानबिन आयोग गठन गरी दोषको आधारमा कानुनी कारबाही गर्न नेतृ साहले माग गरिन ।

आयोजित सभामा पुर्वमन्त्री एव पुरुषोतम पौडेल, नेकपा एसबाट भर्खरै एमालेमा फर्किएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ(किसान), अच्युत मैनाली, पुर्वसांसद एकबाल मियाले समेत सम्बोधन गर्नुभएको थियो ।

एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेको अध्यक्षतामा भएको उक्त विरोध सभामा प्रदेश सभा सदस्य म.समिर, रबिन्द्र दास श्रेष्ठ लगायतका नेता तथा जिल्लाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि उक्त प्रदर्शन भएको नेकपा एमालेले जनाएको छ ।

Leave a review