मधेस प्रदेशको एकमात्र महानगर #को हाल सम्मको बेरुजु तीन अर्ब ९२ करोड ५७ लाख ८४ हजार रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरको हाल सम्मको कुल बेरुजु सो बराबरको रहेको हो ।
महालेखाले आर्थिक वर्ष ०७९÷८० को अन्तिम प्रतिवेदनमा उक्त आवमा मात्रै ७६ करोड ९६ लाख ६६ हजार बेरुजु देखिएको छ ।
सो मध्ये १९ करोड एक लाख ७८ हजारको प्रतिक्रिया प्राप्त भएको जनाइएको छ । बाकी बेरुजुमा असुल गर्नुपर्ने १३ करोड ९५ लाख ९७ हजार रहेको छ । प्रमाण कागजात पेश गर्नुपर्ने २९ करोड ७१ लाख ४० हजार, नियमित गर्नुपर्ने छ करोड ४५ लाख ५२ हजार रहेको महालेखाको प्रतिबेदनमा लेखिएको छ ।
यस्तै पेश्की बाकी ७८ लाख ८१ हजार समेत गरी यस बर्ष ५७ करोड ९४ लाख ८२ हजार रहेको महालेखाले जनाएको छ । यो आर्थिक बर्ष ०७९÷८० को मात्रै बेरुजु रहेको हो ।
बेरुजु बढनुमा ऐन नियमको पालना,आन्तरिक नियन्त्रण ब्यवस्था,सम्पत्तिको संरक्षण,स्रोत साधनको उपयोग,बजेट ब्यवस्थापन राजस्व संकलन, सार्वजनिक खरिद ब्यवस्थापन,कार्यक्रमको स्वीकृति एवम् कार्यान्वयन लगायतमा सुधार गर्नुपर्ने महालेखाले सुझाव महानगरलाई दिएको छ । यस्तै लेखा परिक्षण बाट मौज्दात रकम फरक,बैंक हिसाब विवरण,कर दायित्व,आन्तरिक नियन्त्रण प्रणाली लगायत पनि महालेखाले जनाएको छ ।
देशकै आर्थिक नगरी भनेर चिनिएको वीरगंज महानगरको बेरुजु बर्ष पिच्छै बढदै जानू चिन्ताको बिषय रहेको अर्थविद हरुको भनाइ रहेको छ ।

