कोल्हवीमा सरसफाइ वृक्षा रोपन तथा बिधुतिय चुल्हो बितरण कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
348 पाठक संख्या

धिरेन्द्र पनुहर/

बाराको कोल्हवी नगरपालिका -१ का वडा कार्यालयको आयोजनामा शनिबार सरसफाइ बृक्षा रोपन तथा बिधुतिय चुल्हो बितरण कार्यक्रम सम्पन्न भएको छ।

वडा कार्यालयको हाता भित्र असोकको बोट र विभिन्न प्रजातिको फुलहरु समेत रोपिएको हो र साथै पुर्व वडा अध्यक्षकै पालामा आएको बिधुतिय चुल्हो समेत बितरण गरिएको हो।

शुक्रबार बिहान ८ बजे जम्मा भइ कोल्हवी बजार सरसफाइ गरि अव्यवस्थित रहेका गुम्तिहरुलाइ व्यस्थित गरेका थिए।

कोल्हवी बजार सरसफाइ कार्यक्रममा कोल्हवी नगरपालिका वाड नम्बर १ का जनप्रतिनिधिहरु कृष्ण थापा मगर,शिवचन्द्र चौधरी,महालक्ष्मी पनुहर,कर्मचारीहरु,पुर्व वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी,प्राथमिक स्वास्थ केन्द्र कोल्हवीका प्रमुख नन्देश्वर चौधरी,कोल्हवी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद साह कलवार,महासचिव शम्भु साह ,उपाध्यक्ष रामप्रसाद प्रसाइ,समाजसेवि रामचन्द्र पनुहर,हरिचन्द्र पनुहर,रबिन्द्र पनुहर,भुवन चौधरी जगदेव चौधरी,पारसनाथ चौधरी,महेश साह,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी,सशस्त्र प्रहरीका प्रमुख तेस्तै जनशक्ति क्लब कोल्हवीका फुटवल खेलाडी र महिला भलिबल टिमका खेलाडीहरु,शिवशक्ति क्लब बभनि,फ्रेन्च क्लब बटौलिया,नव दिप क्लब मठवा,सिटि क्लब कोल्हवी,सहारा क्लब पिपरियाका युवाहरू,कोल्हवी नगरपालिका- १ मा रहेको विभिन्न संघ सस्था,सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधिहरु,था क स कोल्हवीका प्रतिनिधि शान्ति बृद्धा फाउन्डेसन कोल्हवीका अध्यक्ष प्रेमनारायण चौधरी र वडा न १ मा रहेका बिधालयका प्रधानाध्यापक र प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds