बिभिन्न मुद्दामा फरार रहेका २ जना प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
330 पाठक संख्या

बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले कुटपिट मुद्दामा अदालतबाट २ सय रुपैया जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ३८ वर्षीय धर्मेन्द्र साह कानुलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै प्रहरीले लेनदेन मुद्दामा अदालतबाट १० हजार रुपैयाँ जरिवाना पाएका देवताल गाउँपालिका वडा नं. ६ रौवाही बस्ने अन्दाजी ७० वर्षीय बुटाई पण्डित पनि पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review