कुशको शव बनाई अन्तिम संस्कार गरिएको सृष्टिको शव भेटियो

संदिप प्रसाद यादव
559 पाठक संख्या

कुशको शव बनाई अन्तिम संस्कार गरिएको सृष्टि यादवको शव भेटिएको छ ।

त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु बाराको कलैया उपमहानगरपालिका वडा नं १४ जितपुर टोलकी सृष्टि यादवको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले पुष्टि गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रशासनले पुष्टि गरेको हो । उनको शव बिनयी त्रिवेणी ७ ब्यारेजमा फेला परेको हो । सृष्टिको शव कुशको बनाई अन्तिम संस्कार गरिएको दिन (साउन ४ गते) नै भेटिएकोमा साउन ७ गते सोमबार उनका बुबा जगदिश यादवले सनाखत गरेका हुन् ।

उनि चढेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपती डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली बेपत्ता भएको थियो ।

उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २५ जनाको शव फेला परिसकेको छ ३७ जनाको अवस्था अज्ञात छ । उक्त घटनामा बाराका ५ जना यात्रु परेका थिए ।

सृष्टीसंगै प्रसौनी गाउँपालिकाका २ का ताराचन्द कुर्मी,उनकी पत्नी कुसुवदेवी,बाराको बिश्रामपुर ३ का प्रमानन्द पंडित र देवताल गाउँपालिका ३ का अरबिन्द पण्डित बसमा यात्रा गरिरहेका थिए ।

शव फेला पर्ने स्थिती नदेखेपछि कुर्मीको परिवारले यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिईन् । उनि जापान जानको लागि परीक्षा दिन काठमाडौं गइरहेकी थिइन् ।

Leave a review