बारामा सर्पको बिगबिगी बढयो

साझेदारी दैनिक
348 पाठक संख्या

कलैया : गर्मी याम शुरु भएपछि बारामा सर्पको बिगबिगी बढेको छ । गर्मीका कारण जिल्लामा सर्प दंशका बिरामीहरुको सख्या बढेको छ ।

प्रादेशिक अस्पताल कलैयामा दैनिक एक ÷दुई जना सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेको ईमरजेन्सीका ईन्चार्ज राजेश साहले जानकारी दिएका छन ।

बैशाख महिनाको १० गते बुधबार सम्म प्रादेशिक अस्पतालमा १३ जना सर्पदंशका बिरामीहरुको उपचार गरिएको साहले बताए ।

गोमन,करेत लगायतका बिषालु सर्पले टोकेको बिरामीहरु अस्पतालमा उपचारका लागि आउने गरेका छन ।गत चैत महिनामा मात्र ४० जना सर्पदंशका बिरामीहरुको उपचार गरिएको अस्पतालले जनाएको छ ।

Leave a review

This will close in 0 seconds