उपकार सेवा नेपालद्वारा ठाकुरराम क्याम्पससहित विभिन्न विद्यालयमा गरियो वृक्षारोपण

साझेदारी दैनिक
254 पाठक संख्या

उपकार सेवा नेपाल संस्थाले वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसमा वृक्षारोपण गरेको छ ।

संस्थाले क्याम्पसको मुख्य भवन र शिक्षा संकाय भवनमा बिहीबार वृक्षारोपण गरेको हो ।सो क्रममा सात सय बिरुवा रोपिएको थियो ।

यस्तै श्री नृसिंह मा.वी.पिपरा,वीरगञ्ज १५ मा तीन सय बिरुवा रोपिएको हो । यस्तै श्री विश्व हिन्दु संस्कृत बिद्यापिठ अधारभूत विद्यालय लक्षमनवा,वीरगंज १५ मा १५० बिरुवा वृक्षारोपण गरिएको छ ।

कूल एक हजार १५० वटा बिरुवा वृक्षारोपण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।वृक्षारोपण गरिएको सो बिरुवालाई संरक्षण सम्बर्द्धन लगायत सम्पूर्ण काममा ध्यान दिन उपकार सेवा नेपालकी अध्यक्ष विध्याकुमारी सरावगीले अनुरोध गरिन् ।

वृक्षारोपण कार्यक्रममा ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमख मोहन यादव अङ्ग्रेजी विषयका बिभागीय प्रमुख राजेन्द्रप्रसाद महतो,जनमत पार्टीका पर्सा संयोजक ओम प्रकाश सर्राफ,साई सेवा समिति मधेस प्रदेश अध्यक्ष जीवन प्रसाद चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds