कलैया सिटी जेसिजको दुई दिने खुल्ला मेहन्दी प्रतियोगिताको विजेता साह भएकी छिन् ।
बाराको सदरमुकाम कलैया भरत चौक स्थित रहेको दास गेष्ट हाउसको हलमा कलैया सिटी जेसिजको आयोजनामा साउन २५ देखि सुरु भएको दुई दिने खुल्ला मेहन्दी प्रतियोगिताको विजेता कल्पना साह भएकी हुन् ।
कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुमार कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व कलैया उपमहानगरपालिकाका पुर्वनगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेश राय यादव रहनु भएका थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् सभापति यादवले यस्तो प्रतियोगिताले आफू भित्र रहेको प्रतिभालाई बाहिर ल्याउनमा मद्दत पुग्ने र महिलाहरुलाई स्वरोजगार बनाउने बताएका छन् ।
सो कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,कलैया सिटी जेसिज २०१८ का जेसी धनिलाल सरार्फ र २०२० का जेसी बिपिन चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा बारा र पर्सा गरि २९ जना सहभागिता रहेको थियोे भने जसमध्ये एक जना पुरुष पनि सहभागी भएका थिए ।
पहिलो चरणको प्रतियोगिताबाट टप टेनमा कल्पना साह,कृतिका कुमारी,मनिषा गुप्ता,सेलिना केशरी,सोनि सरार्फ,सोनु सहनी,सुप्रिया प्रजापति,सुष्मा चौरसिया,नेहा केशरी र जिया सरार्फ पुगेका थिए । सो मध्ये प्रथम कल्पना साह,द्वितीय सुप्रिया प्रजापति र तृतीय सोनु सहनी भएका छन ।

उक्त प्रतियोगितामा प्रथमलाई २ हजार,द्वितीय १ हजार ५ सय र तृतीय पुरस्कार १ हजार रुपैयाँ सहित प्रमाणपत्र तथा माया चिनो प्रमुख अतिथि यादवले प्रदान गर्नुभएको थियो ।
मेहन्दी प्रतियोगिताको श्री राधेकृष्ण मेहन्दी ट्रेनिंग सेन्टरकी सञ्चालिका स्वेता गुप्ता प्रमुख निर्णायक र सहनिर्णायक भारती चौधरी रहेको महासचिव राजकुमार गिरीले जानकारी दिएका छन् ।

