सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको परिसरमा निर्माण भईरहेको क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको स्थानीयको आरोप

साझेदारी दैनिक
443 पाठक संख्या

कलैया : सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको परिसरमा निर्माण भईरहेको क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको स्थानीय वासिन्दाले आरोप लगाएका छन्।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर –३ मा निर्माण भईरहेको क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको स्थानीय विवेक तिवारीले आरोप लगाएका हुन् ।

निर्माण भईरहेको पर्खालमा ईटालाई बिना पानीले सफा गरी प्रयोग गरेको,विना लेबलले पर्खाल जोडदै तथा निर्माण भईरहेको क्यान्टिन र गार्ड रुमको कार्य गुणस्तरहीन रहेको आरोप तिवारीको छ।

क्यान्टिन र गार्ड रुम निर्माणको लागत एक लाख १० हजार रुपैयाँ रहेको सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण सुवेदीले जानकारी दिए।

उक्त ठेक्का र ठेकेदारसंग भएको सम्झौता पत्र माग्दा उनले दिन मानेनन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले आदेश दिएमा मात्र सो त्यो सम्झौता पत्र देखाउने उनले बताए।

श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिन्द्रनाथ शर्माले यस विषयमा केही जानकारी दिन मानेनन्। उनले आरोप गलत रहेको प्रतिकृया दिएका छन् ।

Leave a review

This will close in 0 seconds