जीतपुरसिमरा १० मा समाजवादीका वडा कमिटी अध्यक्षसहित एमाले प्रवेश

रञ्जन यादव
298 पाठक संख्या

सिमरा :बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी अध्यक्षसहित १४ जना सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीका वडा कमिटी अध्यक्ष टईट महतो, सचिव जोगी हजरासहित नगर कमिटी सदस्य र वडा कमिटी सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरु सोमबार सिमरामा आयोजित एक कार्यक्रमकाबीच एमाले प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाइ नेकपा एमाले पोटिलव्यूरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, एमाले प्रदेश कमिटी सदस्य एवम् मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।

एमाले नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा भएको स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी त्यागेर जीतपुरसिमरा नगर कमिटी सदस्य लालबाबु पाण्डे, वडा नं. १० को वडा कमिटी सदस्य मदन दास, मनोज यादव, मोइत महतो, श्यामबिहारी महतो, वीरेन्द्र महतो, बिजयमल ठाकुर, रामानन्द हजरा, राजवंशी हजरा, जंगबहादुर साह, रमेश महतो, मदन महतो रहेका छन् ।

नगर कमिटी अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य किशोर शर्मा, कमलेश झा, एमाले बाराका सचिव अमृत शर्मा बजगाईं, एमाले नेता कृष्ण खनाल, जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेल, एमाले नगर उपाध्यक्ष कैमुदिन अंसारीलगायतको सहभागीता रहेको पार्टीका नगर कमिटी सचिव रवीन्द्रराज भण्डारीले जानकारी दिएका छन ।

Leave a review