राष्ट्रिय बाल दिवसको अवसरमा बारा,पर्सासहित देशभर विभिन्न कार्यक्रम

संदिप प्रसाद यादव
307 पाठक संख्या

कलैया : शनिवार आर्थत भदौ २९ गते ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

‘बालबालिकामा लगानी,सुरक्षित भविष्यको थालनी’ भन्ने यो बर्षको नारा सहित बाराको कलैया,पर्साको वीरगञ्मा विभिन्न कार्यक्रमको गरेर बाल दिवस मनाईएको हो ।

बाराको कलैया लगायत जीतपुरसिमरा,निजगढ,कोल्हवी,बरियारपुर,लगायतका स्थानमा निजी तथा सरकारी विद्यालयहरुले विभिन्न नारा सहित -याली,प्रतियोगिताहरु गरेर दिवस मनाईएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा बारा प्रहरीले अनाथ आश्राममा फलफुल वितरण गरेको छ । बारा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवसको अवसरमा अनाथ आश्राममा फलफुल वितरण गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थितमा रहेको अमृता अनाथ आश्रममा राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बारा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको आयोजनामा शनिबार एक कार्यक्रम बिच फलफूल वितरण गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रादेश कुमार खत्रीको अध्यक्षतामा भएको उक्त फलफुल वितरण कार्यक्रमसंगै सो अवसरमा बालबालिकाको परिभाषा,बालबालिकाको हक,बालबालिका विरुद्ध हुने हिंसा,बालबालिका सम्बन्धी ऐन २०७५ आदी विषयमा अडियो जिंगल र जनचेतनामुलक पुस्तिकाको माध्यमले आवश्यक छलफल अन्तरक्रिया भएको थियोे ।

यसगरी पर्साको वीरगञ्जमा पनि बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । वीरगञ्जमा प्रभातफेरी निकाल्नुका तथा सडक नाटक प्रदर्शन गरिएको छ । घण्टाघरबाट सुरु भएको उक्त प्रभातफेरी नगरको माइस्थान चोक,आदर्शनगर,घडिअर्वा हुँदै पुन घण्टाघरमा पुगेर कोणसभा गरिएको थियो।

प्रभातफेरी पछि आयोजित सभालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायतकाले सम्बोधन गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई नेपाल राज्यले २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउन थालिएको हो ।

Leave a review

This will close in 0 seconds