दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
330 पाठक संख्या

बारा प्रहरीले दुई जना फरार रहेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको कारवाही सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आगलागी मुद्दामा अदालतबाट ११ महिना ४ दिन कैद र १० हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी २२ वर्षीय चोकट भन्ने धर्मेन्द्र साहलाई पक्राउ गरेको छ ।

त्यस्तै अस्थाई प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले चोरी मुद्दामा अदालतबाट १ महिना ११ दिन कैद सजाय पाएका सुवर्ण गाँउपालिका वडा नम्बर ४ हर्दिया बस्ने अन्दाजी २० वर्षीय जैसिलाल यादवलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।

दुबै जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds