एक लाख एकानव्वे हजार दुई सय सन्तावन रुपैयाँ बराबरको अबैध कपडा प्रहरीद्वारा बरामद

संदिप प्रसाद यादव
356 पाठक संख्या

कलैया,१२ भदौ । बारा प्रहरीले एक लाख ९१ हजार दुई सय ५७ रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट सो कपडा बरामद गरेको हो ।

विराटनगरबाट पोखरा तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३६२ नम्बरको यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त अवैध कपडा प्रहरीले बरामद गरेको हो ।

सो यात्रु बाहक बसमा भन्सार छली गरी ल्याउदै गरेको चार बोरा साडी कपडा रहेको प्रहरीले जनाएको छ ।

उक्त अवैध कपडालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds