सशस्त्र प्रहरी कार्यालय बाराले लागुऔषध सहित एक जना किशोरलाई पक्राउँ

साझेदारी दैनिक
साझेदारी दैनिक 787 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
सशस्त्र प्रहरी कार्यालय बाराले आज लागुऔषध सहित एक जना किशोरलाई पक्राउँ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दक्षिण झिट्कैयाबाट खटिएको टोलीले देउताल गाउँपालिका वडा नं.१ मंगलचोकबाट लागुऔषधसहित एक जनालाई पक्राउँ गरेको हो ।

प्रतिबन्धित लागुऔषध कोरेक्स आँठ बोतल सहित सुवर्ण गाउँपालिका वडा नं.३ औरहीया बस्ने बर्ष १५ को चन्दन चौरसियालाई पक्राउँ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक निरञ्जन भण्डारीले जानकारी दिनुभयो ।

पक्राउँ परेका चौरसियामाथि थप अनुसन्धानकालागि लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक भण्डारीले बताउँनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review