पत्रकार ओम प्रकाश यादवको गाडी रोकेर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ

साझेदारी दैनिक
435 पाठक संख्या

रौतहट,२० भदौ । रौतहटका पत्रकार ओम प्रकाश यादवको गाडी रोकेर लुटपाट गर्न खोज्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गरुडा कटहरिया कलैया सडकखण्ड अन्तर्गत राती राती अत्यधिक मदिरा सेवन गरी यात्रु थर्काउने दुई जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार ओम प्रकाश यादवको मौखिक गुनासो तथा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कटहरिया बजार भन्दा पश्चिम कटहरिया कलैया सडकखण्डको लालबकैया नदीको पुल छेउमा माछा मार्दैगरेको अवस्थामा वडा नम्बर ५ का रामचन्द्र सरभङको छोरा बर्ष २८ को प्रभु सरभङ र बीरेन्द्र महरा चमारको छोरा बर्ष २० को सुनिल महरा चमारलाई बुधबार राती साढे ११ बजे पक्राउ गरी ईलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो।

एसपी घिमिरेले पक्राउ परेका दुवैजना माथी अभद्र ब्यवहार मुद्दा चलाइने बताएका छन् । सरभङ र चमार संगै ५,६ जना युवाहरुको समुहले लालबकैया नदीको पुल छेउमा राती राती माछा मार्ने र उक्त बाटो भएर आउने जाने यात्रुको मोटरसाईकल रोकेर बिभिन्न बहानामा थर्काउने र लुटपाट गर्ने गरेको पत्रकार ओम प्रकाश यादवले बताएका छन्।

दुईदिन अघिमात्र फतुवा बिजयपुरबाट फर्किने क्रममा पुल नजिकै उनीहरूको समूहले म चढेको मोटरसाईकल रोकेर लुटपाट गर्न खोजेको पत्रकार यादवले बताएका छन्। पछी एउटा चार पाङ्ग्रे गाडी आएपछि उनीहरूले आफूलाई मुक्त गरेको उनले जानकारी दिएका छन्।

१०० मीटर टाढा हुँदा नै प्रहरीको जस्तो टर्च लाईट देखाएर उनीहरूले मोटरसाईकल रोकेको थियो। हात हातमा लाठी डण्डा हेरेर निकै डर लागेको थियो। पछि एउटाले भन्छ सुर्ति देउ अर्कोले भन्छ गुट्खा देउ सबै रक्सी खाएर मातिएको छ के गर्नु कसरी उम्किनु गाह्रो भएको थियो पत्रकार यादवले गुनासो गरेका छन्।

एक जना पत्रकार यादवलाई मात्र नभई उनीहरूको गिरोहले पछिल्लो एक महिना देखि युक्त बाटो भएर बेलुकी आउने जाने दर्जनौं मानिसलाई थर्काउने गाली गर्ने दुर्व्यवहार गर्ने गरेको कटहरिया ५ का रबिन्द्र प्रजापतिले बताएका छन्।

हाल दुवै जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ। उनीहरूको गिरोहमा अरु कोको छन् त्यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

पक्राउ परेका सरभङ कटहरिया नगरपालिका ५ का एकजना वडा सदस्यको छोरा रहेकाले उनीहरुलाई छुटाउन केही जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले चलखेल गरिरहेको स्रोतले जनाएको छ। तर प्रहरीले कुनै हालतमा उनीहरुलाई नछोड्ने अडान लिएका छन्।

Leave a review