बारा : नेसनल प्याब्सनको २७ औ स्थापना दिवसको अवसरमा एन प्याव्सन बाराले रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ।
एन प्याबशन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाको अध्यक्षतामा मंगलबार कलैयामा बसेको बैठकले अगामी पुस २७ गते शनिबार कलैयाको भरत चोकमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो।
उक्त रक्तदान कार्यक्रमका लागि प्रभुलाल प्रसाद कुशवाहाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ।
समितिको सदस्यमा सुमोद सरार्फ,नम्रता रिजाल,राम बाबु प्रसाद कुशवाहा,नरेश पसाद्र यादव,रामबिनेश बैठा,बिनोद मणि महतो,पुनदेव चौधरी,कमलेश कुशवाहा,शिवशंकर प्रसाद कुशवाहा, राजु प्रसाद गुप्ता लगायतका रहेका छन्।


