नेकपा एमाले बारागढी गाउँ पालिकाको दोस्रो गाउँ पालिका अधिवेशन सम्पन्न

साझेदारी दैनिक
330 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी/नेकपा एमाले बारागढी गाउँपालिकाको आयोजनामा दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको चौरमा शनिबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ।

बृजकिशोर चौधरीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् बारा जिल्ला इञ्चार्ज ज्वालाकुमारी साहले पानसमा बत्ति बालेर उद्घाटन गरेकी हुन्।

प्रमुख अतिथि साहले वृद्ध भत्ता,बाल पोषण भत्ता एमालेले लागु गरेको बताइन्। उनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओलिको पालामा लागू भएको जनाइन्। महिला, किसान,गरिब,बेसहाराहरुको जीवन उकास्ने एमालेको एजेण्डा रहेको उनले बताइन्।

त्यस्तै अस्पतालमा १० देखि २५ शैयाको अस्पताल र बिधालयमा दिवा खाजा कार्यक्रम केपि शर्मा ओलिको पहलमा भएको उनले जानकारी गराइन्। मिसन ८४ मा बारागढी गाउँपालिकाको छ वटा वडामा एमालेको जित हुनेमा आफू विश्वस्त रहेको उनले जिकिर गरिन्।

एमाले र कांग्रेसको सरकार मिलेर देशलाइ समृद्ध बनाउन ल्याएको अध्यादेशलाई पुर्व प्रधानमन्त्री प्रचण्डले असफल पार्न लागिपरेको उनले बताइन्।
देशमा भइरहेको बिकासलाई देखेर प्रचण्डलाई छटपटाहट भएको उनको टिप्पणी थियो।

आज पनि तराईमा महिलाहरु दाइजोका कारण मानसिक तनाव तथा महिला हिंसा भइरहेको जनाउदै उनले महिलाहरुलाइ आत्म निर्भर बनाउन एमालेको एजेन्डा रहेको बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र न. १ का प्रतिनिधि सदस्य अच्युत मैनालीले आफ्नो सिफारिसमा यस क्षेत्रमा रहेका विद्यालयहरुको भौतिक पूर्वाधारका लागी १० करोड बजेट ल्याएको बताए।

त्यस्तै तामागढी देखि सिम्रौनगढ सम्मको जगाको मुआब्जा रकम २ करोड ९७ लाख अहिले दिलाउन नसकेता पनि आफ्नो कार्यकालमा नै मुआब्जा रकम दिलाउने प्रतिबद्धता व्यक्त गरे।

ने. क. पा. एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री के. पि. शर्मा ओली दुरदर्शि नेता भएको उनले जिकिर गरे। कालापानी र लिम्पिया धुरा नेपालको भु–भाग हो भन्ने एक मात्र नेता के. पि . ओली हो र उहाँकै पालामा देश समृद्धिको बाटोमा गइरहेकोले विपक्षीहरुलाई जलन भइरहेको उनले बताए।

अर्को प्रसङ्गमा सडकको अवस्था राम्रो भएकोले सिम्रौनगढको तरकारी राजधानी सम्म पु¥याउन अहिले सहज भएको बताए। रेल्वेको काम रौतहट सम्म निर्माण भइसकेको र रेल्वे प्वाइन्ट निजगढमा निर्माण हुने उनले जानकारी गराए।

बारागढीमा भू–माफिया द्वारा कब्जा गरिएको जग्गाहरुलाई फिर्ता गराउने उनले आश्वासन दिए।

उक्त कार्यक्रममा राधाकृष्ण चौधरी,बारा जिल्ला कमिटी सदस्य शंकर चौधरी,बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी राय,अध्यक्ष अशोक जयसवाल,एमाले जिल्ला उपाध्क्ष भुलन चौधरी,अध्यक्ष अध्यानन्द पाण्डे,मधेस प्रदेश कमिटी सदस्य ढुण्डीराज उप्रेती,सुन्दर विश्वकर्मा,बारा क्षेत्र न . १ (क) का प्रदेश सांसद माननीय त्रिलोकि चौधरी,संबिधान सभा सदस्य बलवीर चौधरी लगायतकाले अधिवेशनको सफलताको कामना गरेका थिए।

बिक्रान्त चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नागेश्वर चौधरीको थियो।

Leave a review

This will close in 0 seconds