Sajhedari Daily
Latest News from Nepal

चोरी निकासी गरेको झण्डै १२ लाख बरावरको मालसामान भन्सार चलान

Top Aside Banner

रञ्जन यादब/
बारा प्रहरी विभिन्न किराना समान, केराउ र केराउ भोक्न प्रयोग गरिएको मिनि ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्लाको विभिन्न नाकाबाट प्रहरी गस्ती टोलीले विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको तथा नेपालबाट भारततर्फ निकासी गर्न लैजान लागेको मालसमान बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराले करिब १२ लाख मुल्य बराबरको चोरी ,निकासी र पैठारीको मालसमान भन्सार शुक्रवार भन्सार चलान गरेको छ ।

बरामद मालसमान बिरगंज भन्सार दाखिला गर्दा ११ लाख ७२ हजार रुपैया कायम भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिएका छन ।

भन्सार दाखिला गरिएको मालसमानमा बिभिन्न किसिमको किराना सामानहरू, केराउ र केराउ ओसारपसारमा प्रयोग गरिएको ना ७ ख ६८५८ नं. को मिनि ट्रक एक थान , बिभिन्न मालसमान ओसारपसारमा प्रयोग भएको मोटरसाईकल एक थान र साइकल आँठ थान रहेको छ ।

बेवारीसे अवस्थामा बरामद गरी दाखिला गरेको उक्त मालसामानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।