Sajhedari Daily
Latest News from Nepal

आशिष ओम साई जेभीद्धारा कमसल निर्माण सामाग्री प्रयोग, नाला एक सातामै भत्कीयो

Top Aside Banner

देव घिमिरे/
कलैया उपमहानगरपालिका वडा नं.२ मा निर्माणाधिन नाला निर्माण कार्यमा ब्यापक लापरवाही भएको छ । शहरी विकास मन्त्रालयले वोलपत्र गरी कार्यसञ्चालन गरिरहेको आयोजनामा व्यापक लापरवाही भएको हो। सो परियोजनाको विभिन्न कार्य बाँकी रहदा शुरुवाती बाटोको नाला निर्माण कार्यमै व्यापक लापरवाही हुदाँ स्थानिय चिन्तित बनेका छन् ।

कलैया उपमहानगर भित्र सडक स्तरउन्ती र मर्मत कार्य (कन्ट्रक्सन स्ल्याब अपगे्रडीङ अफ भेरीयास रोड स्टलमेन्ट एण्ड वेन्ड याट कलैया सव मेट्रोसिटी) नामाकारण गरी निकालीएको वोलपत्रमा आशिष ओम साई कान्ट्रक्सन जेभीले २०७६ बैशाख १६ गते वोलपत्र कवोल गदै मन्त्रालयले सो आयोजनाको कुल लागत ४८ करोड २२ लाख ५७ हजार ६ सय ८९ रुपैयामा सम्पुर्ण काम सम्पन्न गर्ने भनी वोलपत्र स्वीकृत गरेको थियो ।

सो सडक कार्यलाई चार भांगमा विन्यास गरी कार्य गदै आएको जेभीले कलैया उपमहानगरपालिका वडा नं २ को दोहरी स्कुल देखी पकडी गाउँ सम्म निमार्ण गरिरहेको नालामा मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग गर्दा निर्माण भइ सकेको ८७ से.मी अग्लो नाला भत्कीदा नालाको पानी स्थानियको घर भित्र पसेको र गाउँको खेत समेत डुवान भएको स्थानिय उपेन्द्र यादवले साझेदारीलाई जानकारी दिए ।

वडा नं २ पकडीका अर्का स्थानिय समसुल मियाँ अनुुसार नाला निमांण गर्दा इन्जिनियरि¨ स्टीमेट अनुसार सामाग्रीको प्रयोग नगरिएको पाइएकोले ठाउँ ठाउँमा नाला भत्कीएको बताए ।

स्टीमेट अनुसार नालामा १५ वटा छड लगाउनुपर्नेमा १३ वटै मात्रै प्रयोग गरेको पाईएको स्थानिय यादवले साझेदारीलाई बताए । यादवको अनुसार पटक पटक हामीले सम्बन्धित ठेकेदार पक्ष र सो योजना सुपरिवेक्षण गरिरहेको शहरी विकास कार्यालय वीरगंज पर्सालाई जानकारी गराउदा समेत कुनै चासो नदिएको उनले बताए ।

दोहरी देखी पकडी सम्म निर्माण भएको नाला भत्कीएको बारे शहरी विकास कार्यालय वीरगंजका इन्जिनियर तथा प्रोजेक्ट मैनेजर धिरेन्द्र यादवसंग बुझदा नाला भत्कीएको र पानी लिकेज भएको हामीले पनि थाहा पायौ निरिक्षण गरेर ठेकेदार पक्षलाई पुनः निर्माण वा मर्मत के गर्नुपर्ने हो निर्देशन दिन्छौ भन्ने उनको जवाफ थियो ।

मन्त्रालयको तिन वर्ष भित्र अर्थात २०७९ बैशाख १५ गते सम्म कार्य सम्पन्न गर्ने गरी आयोजना कवोल गरेका कन्ट्रक्सनका प्रमुख प्रोप्राइटर सप्तरीका विजय कुमार साह रहेका छन् भने कन्ट्रक्सनले ३०–३५ प्रतिशत मात्र काम सम्पन्न गरेकोमा अन्य काम कसरी गर्छ हेर्न बाकी नै छ ।