मन्त्री यादवले महागढीमाईमा धर्मशालाको गरे उद्घाटन

साझेदारी दैनिक
208 पाठक संख्या

कलैया : महागढीमाई नगरपालिका –१ मा नव निर्मित धर्मशालाको मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले उद्घाटन गरेका छन्।

गढिमाई मन्दिर प्राङ्गणमा बनेको नव निर्मित गढिमाई बहुउद्देश्यीय धर्मशालाको शनिबार एक कार्यक्रमका बिच रिबन काटेर मन्त्री यादवले धर्मशालाको उद्घाटन गरेका हुन्।

प्रमुख अतिथि मन्त्री यादवले मन्दिर मधेसको धरोहर भएको बताए। उनले यस्को विकासका लागि कुनै पनि कसर बाकी नराख्ने बताए। मंसिरमा हुने मेलाको ब्यवस्थापनका निमित आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता उनले उक्त अवसरमा गरेका छन्।

पुर्वाधार बिकास कार्यालय बाराका कार्यालय प्रमुख राजेन्द्र साहले धर्मशालाको शिलान्यास तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले २०७६ साल जेष्ठ ४ गते शनिबार गरेको स्मरण गरे।

धर्मशालाको लागत अनुमान ८ करोड ६२ लाख ६२ हजार ९ सय ६७ रहेको र स्वीकृत २०७५ माघ १३ गते भएको जनाए । निर्माण कार्यको ठेक्का सम्झौता २०७६ जेष्ठ १३ गते सात करोड ५९ लाख ८४ हजार ३ सय ८८ अर्थात लगभग १२% घटिमा भ्याली बाबुरत्न जेभी ललितपुर सङ्ग भएको थियो।

निर्माण कार्यको ठेक्का तथा कार्यान्वयन भौतिक पुर्वाधार मन्त्रालयबाट नै भएको थियो त्यसपछि आ.व. ०७८/०७९ मा यो ठेक्काको सम्पूर्ण जिम्मेवारी तत्कालिन शहरी विकास कार्यालय पर्सामा हस्तान्तरण भएको उनले जनाए।

मधेस प्रदेश सरकारले जब शहरी बिकास कार्यालय लाई पूर्वाधारमा मर्ज गरेपछि बारा जिल्ला अन्तर्गतका निर्माण कार्यहरुको जिम्मा पूर्वाधार कार्यालयले पाएको उनले जनाए। यसपछि निरन्तर कार्य गर्दै आएको सबैमा जानकारी गराए ।

बहुउद्देश्यीय धर्मशालाको ग्राउन्ड फ्लोरमा बिवाह मन्डप,ठूलो हल,दुलहा दुलहीको लागि अलग अलग कोठा रहेको उनले जनाए। धर्मशालामा किचेन रुम,स्टोर रुम,दुईटा बेड रुम रहेको छ ।
बहुबर्षिय योजना अन्र्तगत २०७६ जेष्ठ १३ मा सम्झौता भएको ठेक्का २०८० जेष्ठ २५ मा सम्पन्न गर्नुपर्ने रहेको थियो। धर्मशालाको निर्माण कार्य २०८० कार्तिक २ गते सम्पन्न भएको हो। आ.व.२०८०/०८१ मा ६ करोड ६३ लाख ७६ हजार १ रुपैया रकम घटिमा भुक्तानी भएको बताए ।

धर्मशाला निर्माण कार्यको ढिलाई हुनाका मुख्य कारण कोभिड रहेको जनाइएको छ। बाहिरी फेसमा बुट्टाको काम अनि फाईनल गर्दा २/३ मोडेलमा गर्दा ढिलाई हुन पुगेको जनाए ।

उनले यो योजना सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई उनले धन्यवाद ज्ञापन गरे। यो बहुउदेश्यीय धर्मशाला सम्पूर्ण नेपाली जनताको उपयोगमा आउने उनले विश्वास व्यक्त गरे। विश्व प्रसिद्ध शक्ति पिठ माता गढिमाईको दर्शनका लागि आउने लाखौ जनता तथा दर्शनार्थीको लागि धर्मशाला बरदान साबित हुने उनले विश्वास व्यक्त गरे।

प्रमुख अतिथि मन्त्रीबाट निर्माण कार्यमा सहयोग गरे बापत मागढीमाईका नगर प्रमुख उपेन्द्रप्रसाद यादव,गढिमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह र निर्माण ब्यवसायी भ्याली÷बाबुरत्न जेभी ललितपुरका शालिक गौतमलाई सम्मान तथा कदर पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यालय कलैयाका प्रमुख साहले मेयर यादवलाई धर्मशाला हस्तान्तरण गरेको हस्तान्तरण पत्र दिएका छन् ।नगर प्रमुख यादवले पत्र बुझ्दै यो धर्मशाला टेन्डर प्रक्रिया गरि सन्चालन गराउने र त्यो अघि मन्दिर सन्चालक समितिले रेखदेख गर्ने जानकारी दिएका छन्।

उक्त कार्यक्रममा संबिधान सभा सदस्य रामअयोध्या प्रसाद यादव,प्रदेश सभा सदस्यहरु बच्चा प्रसाद यादव,शारदाशंकर साह कलवार,महम्मद समीर,रबिन्द्रदास श्रेष्ठ,माला लामा,लक्ष्मी देबि,राजपती जयसवालको विशेष उपस्थिति रहेको हो।

भौतिक पुर्वाधार मन्त्रालय मधेश प्रदेश निमित प्रदेश सचिव सञ्जयप्रसाद साह,जिविसका पूर्व सभापति छठुप्रसाद यादव महागढिमाई नगरपालिका का सम्पुर्ण अध्यक्ष,कार्यपालिका सदस्यहरु,नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादव,एमाले पार्टी बाराका अध्यक्ष अध्यानन्द पाण्डे, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

पूर्वाधार बिकास कार्यालय कलैया बाराको ईन्जिनियर आरती चौधरीले स्वागत गरिन्। सञ्चालन साजिर मन्सुरको थियो।

Leave a review