जितपुरमा एक जना बालकको मृत अवस्थामा शव फेला

साझेदारी दैनिक
234 पाठक संख्या

कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुरमा एक जना बालकको मृत अवस्थामा शव फेला परेको छ।

मृत भेटिएका बालक १० दिनदेखि हराइरहेका त्यहिका ४ वर्षिय बालक अंश चौधरीको हुन सक्ने आशंका गरिएको छ।

शवको पहिचान हुने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शुभद्रा लामा वाईबाले जानकारी दिएकी छिन् ।

Leave a review