दुई लाख ५९ हजार बराबरको चिनी बरामद

संदिप प्रसाद यादव
262 पाठक संख्या

कलैया : बारा प्रहरीले २ लाख ५९ हजार बराबरको चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २५ बस्ने तजमोदिन अंसारीको घरबाट सो चिनी बरामद गरेको हो।

भारतबाट भन्सार छली तथा चोरी पैठारी गरी चिनी र बोरा सिलाउने मेसिन राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त चिनी बरामद गरिएको हो ।

सो चिनीको अन्दाजी मुल्य रू.२ लाख ५९ हजार बराबरको रहेको छ। प्रहरीले ६१ बोरा चिनी र बोरा सिलाउने मेसिन–१ थान बरामद गरेको छ। वरीपरीका स्थानीयसंग सोधपुछ गर्दा कसैले सो चिनी आफ्नो भएको दाबी नगरेकोे प्रहरीले जनाएको छ ।

उक्त चिनी सहितसमान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगंज बुझाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review