रञ्जन यादब/
सशस्त्र प्रहरी कार्यालय बाराले बिहिवार गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी बस्ने बर्ष २५ का रबिन्द्र राम र सोही ठाउँ बस्ने बर्ष १९ का राजकुमार राम रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले प्याक गरिएको लागु औषध गाँजा ५ किलो २२२ ग्राम ,नगद ५६ हजार ८ सय ३० रुपैया , दुई थान मोबाईल र मोटरसाईकल फेला पारेको छ ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी नायब निरिक्षक मोहन श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीको टोलिले करैयामाई गाउँपालिका वडा नं.२ मा पक्राउँ परेका दुबै जना सवार ना ४७ प ८२१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्ता परिमाणको समान फेला पारेको थियो ।
थप आवश्यक अनुसन्धानकालागि मानिस सहित गाँजालाई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिनुभयो ।