सालको काठ सहित जीतपुरका एक जना पक्राउँ

रञ्जन यादव
337 पाठक संख्या

डिभिजन बन कार्यालय पर्साले करिब १५ क्युफिट सालको काठ बरामद गरेको छ ।

बीरगंज महानगरपालिका वडा नं.३२ रामबनबाट साईकलमा काठ लोड गरि टेडातर्फ जाँदै गरेको अवस्थामा साईकल सहित मानिस पक्राउ गरिएको सबैया सब डिभिजन बन कार्यालय सोलखपुरका रेञ्जर भुपाल रोकायाले साझेदारी दैनिकलाई जानकारी दिए।

सबैया सब डिभिजन र सशस्त्र प्रहरी बल सोलखपुरको संयुक्त गस्ती टोलीले दुई वटा साईकलमा दुई जना मानिस काठको गोलिया लोड गरी रामबनबाट ल्याईरहेको अवस्थामा देखेका थिए। एक जना साईकल र काठ छोडि फरार भएको रेञ्जर रोकायाले बताए।

पक्राउँ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर निवासी मनरुप रामका १८ बर्षिय छोरा सोचन राम रहेका छन् ।

बरामद काठलाई सबैया सब डिभिजन कार्यालयमा र मानिसलाई आवश्ययक अनुसन्धानकोलागि डिभिजन बन कार्यालय पर्साको कारागारमा राखिएको डिभिजनल बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

TAGGED:
Leave a review

This will close in 0 seconds