मलेसियाको राजधानी क्वालालम्पुरमा मनाइयो जितीया पर्व

साझेदारी दैनिक
299 पाठक संख्या

मलेसिया,आर्यन चौधरी: नेपालको तराईमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाहरुले आफ्नो सन्तानको सुख शान्ति र चिरायुको कामना गर्दै मनाइने मौलिक चाड जितिया पर्व मलेसियामा पनि थारु समुदायले धुमधामका साथ मनाएका छन्।

थारु कल्याणकारिणी सभा मलेसियाले ’थारु संस्कृतिको संरक्षण, सम्बर्द्न हाम्रो अभियान, समावेशी समानुपातिक पहुँचको लागि सम्पूर्णमा आह्वान“ भन्ने नारा लिएर आफ्नो जातीयता र मौलिक परम्परालाई सम्बर्द्धन गर्ने उद्देश्यले आइतबार क्वालालम्पुरमा रहेको द–फाईभ इलिमेन्ट होटलको सभाहलमा जितिया विशेष साँस्कृतिक कार्यक्रम गरि जितिया धुमधामका साथ मनाएका हुन्।

थारु कल्याणकारिणी सभाका अध्यक्ष ज्ञानचन्द्र चौधरीको सभापतित्वमा नेपाली राजदुतावास मलेसियाका कार्यबाहक राजदुत मुद्दिता बज्राचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो।

त्यस्तै आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईको बिशेष आतिथ्यता लगायत नेपाली राजदूतावास मलेसिया परिवार,मलेसियामा स्थापित विभिन्न जातीय,गौर जातीय सामाजिक संघसंस्था,राजनीतिक दल नेपाली काङ्ग्रेस संबंद्व जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनी महामन्त्री हरि कोइराला लगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता र दुईसय भन्दा बढी नेपाली श्रकिकहरु को उपस्थितिमा जितिया सम्पन्न भएको हो ।

कार्यक्रममा थारु समुदायकै स्थानीय कलाकारहरुले थारु समुदायका विभिन्न झाँकी नृत्य गीत संगीत प्रस्तुति देखाएका थिए। शुभकामना मन्तव्यका क्रममा देशमा यतिबेला विपत आइपरेकोले आफ्नो ठाउँबाट सबैले एकबद्व भएर लाग्नुपर्ने कार्यबाहक राजदुत मुद्दिता बज्राचार्यले औल्याउँदै मोसफसलमा यि र यस्ता कार्यक्रमलाई प्रोत्साहित गर्दै थारु समुदाय लगायत सबै मिलेर नेपाली संस्कृतिको पर्यटन प्रबर्द्धन गराउनुपर्नेमा जोड दिएका थिए।

शुभकामनाकै क्रममा आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले यतिखेर देशमा बाढी पीडित लाई सहयोग गर्ने उदेश्यले एउटा कोष खडा गरि सहयोग गर्ने योजनामा संघ रहेको बताए।
कार्यक्रममा उपस्थित सबैलाइ पुग्नेगरि थाकस मलेसियाले थारु समुदायको प्रमुख खानाको परिकार सहित ब्यबस्थापन गरेको थियो ।

साथै सोही कार्यक्रमको अवसरमा केहि दिन पहिले थाकस मलेसियाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई थाकस मलेसियाको संस्थापक संरक्षक घनश्याम चौधरी “आरएन“ र निबर्तमान अध्यक्ष मनिराम थारुले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थापक/संरक्षक चौधरीले बोल्दै देश तथा विदेशमा रहेका थारुहरु एकजुट भैइ समुदाय र संस्कृति संरक्षणमा लाग्नुपर्ने र संस्थामा लागिसके पश्चात् पद धारण गरि समाजलाई घृणित पार्ने अनैतिक कार्य गर्ने कोहि कसैलाई छुट नरहेको बताए।

साथै नव निर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिए।

Leave a review