पुर्व प्रदेशसभा सदस्य साहद्रारा शुभकामना कार्यक्रम

संदिप प्रसाद यादव
318 पाठक संख्या

कलैया : कलैयामा पुर्व प्रदेशसभा सदस्य पारस प्रसाद साहले शनिवार एक कार्यक्रमवीच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छन ।

कलैयामा रहेको करण राज पार्टी प्यालेसको सभा हलमा बारा क्षेत्र नम्बर ३ ख का पुर्व प्रदेश सभा सदस्य साहले नेपालीहरुको महान पर्व विजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्नु भएको हो ।

साहको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य प्रमोद प्रसाद गुप्ताले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नु भएका थियो ।

सो कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव,मधेस प्रदेशका पुर्व सभा सदस्य तथा जसपा मधेस प्रदेस अध्यक्ष अशोक यादव,पुर्व सभा सदस्य हेमा यादव,नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरी,नेकपा एमाले पार्टी बाराका जिल्ला अध्यक्ष अध्यान्न्द पाण्डे,बिबेकशिल साझा पार्टी बाराका अध्यक्ष डा. सुशील साह,जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेल,माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह,देवताल गाउँपालिका – १ का वडा अध्यक्ष अरुण सिंह र कलैया उपमहानगरपालिका नगर सदस्य शशी दास लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा ब्रहम कुमारी राजयोग सेवा केन्द्र कलैयाकी संचालिका मिना दिदिले गरेको स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको संचालन सुजित पाण्डेले गरेका थिए ।

Leave a review

This will close in 0 seconds