कलैया : जनता समाजवादी पार्टी बाराले कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुरमा सोमबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगतको उक्त टोलमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो । उक्त कार्यक्रम अन्र्तगत जसपा नेपालले सारेको २८ बुँदे मागको बारेमा समेत जानकारी गराईएको थियो ।
संबिधान सशोधन तथा पुन लेखन गर्न , मलखादको ब्यवस्था गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर, स्थानीय तहलाई प्रादेशिक क्षेत्र अधिकार भित्र कायम गर, जनता द्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको ब्यवस्था गर, किसानहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गर,पार्टीका सहिन्द्र पटेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरु रामबाबु कुमार यादव,रामकिशोर यादव,प्रकाश चौगाई, पार्टी बाराका अध्यक्ष रमेश कुमार यादव,अंगद कुमार सहनी,कमलेश मण्डल,रंजित चौरसिया,शम्भु पटेल लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


