कलैया : जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादव पुरष्कृत भएका छन् ।
६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंले उनलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरष्कृत भएका हुन् ।
यादवलाई दिइने सम्मानपत्रमा राष्ट्र र नागरिकको सेवामा समर्पित सत्य सेवा सुरक्षणमको आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिला बालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट,वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान यादवले गरेको जनाइएको छ ।
उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता प्रहरी पुरष्कार यादवलाई प्रदान गरिएको छ ।
भविष्यमा पनि राष्ट्र सेवाको पवित्र कार्यमा कटिबद्ध भई कर्तव्य निर्वाह गर्ने शुभकामना सहित उज्वल भविष्यको कामना गर्दै यादवलाई पुरष्कृत गरिएको हो ।
पुरष्कार पत्रमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हस्ताक्षर रहेको छ ।


