प्रहरी दिवसमा साझेदारी राष्ट्रिय दैनिकका संवाददाता यादवसहित तीन सञ्चारकर्मी सम्मानित

साझेदारी दैनिक
360 पाठक संख्या

कलैया : साझेदारी राष्ट्रिय दैनिकका संवाददाता संदिप प्रसाद यादवसहित तीन जना सञ्चारकर्मी बाराको कलैयामा सम्मानित भएका छन् ।

नेपाल प्रहरीको ६९ औं प्रहरी दिवसका अवसरमा बुधबार एक कार्यक्रमवीच उनीहरुलाई सम्मानित गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले अमर प्रहरी प्रति श्रद्धाञ्जलि तथा विशेष कार्यक्रममा यादवलाई कदरपत्र प्रदान गरी सम्मानित गरेको हो। जिल्ला प्रहरी कार्यालय बारा कलैयामा सो कार्यक्रम भएको हो।

यादवलाई प्रदान गरिएको कदरपत्रमा अपराधको रोकथाम र नियन्त्रण गर्न तथा समाजमा शान्ति सुरक्षा कायम गर्न यादवले पत्रकारिताको माध्यमबाट इमानदारीपुर्वक पु-याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको लेखिएको छ।

बारामा सक्रिय रुपमा पत्रकारिता गर्दै आएका यादवलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खडकाले कदरपत्र सहित सम्मान गरेका हुन्।

भविष्यमा नेपाल प्रहरी संगको समन्वय र सहकार्य प्रगाढ बनोस सहित शुभकामना समेत प्रहरी प्रमुख खड्काले व्यक्त गरेकाछन्।

उक्त अवसरमा विश्वास एफएम.बारा कलैयाका प्रवन्ध निर्देशक साजिर मंसुर र राजधानी दैनिकका बारा जिल्ला संवाददाता अजय साहलाई सम्मानित गरिएको थियोे।

Leave a review

This will close in 0 seconds