कलैया : कलैयामा उधम विकास सहजकर्ता विकास कार्यक्रम अन्तर्गत कोर्ष सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैया स्थित करणराज पार्टी प्यालेसको सभाहलमा बुधवार उधम बिकास परामर्श तथा तालिम केन्द्रको आयोजना गरिएको उधम विकास सहजकर्ता विकास कार्यक्रम अन्तर्गत २ वर्ष कोर्षको प्रमाण पत्र वितरण गरिएको हो ।
इन इलम हेल्भेटास नेपालको आर्थिक सहयोगमा सो तालिम संचालन गरिएको हो । उधम बिकास परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक बन्टी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन परवीनले प्रमाणपत्र वितरण गर्नु भएकी थिइन् ।
कार्यक्रममा कलैया उपमहामगरपालिका रोजगार संयोजक विबेक कुमार गुप्ता,जीतपुरसिमरा उपमहानगरपालिकाका रोजगार संयोजक दिप नारायण चौधरी,उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार गुप्ता,घरेलु तथा साना उधोग कार्यालय बाराका सहायक शाखा अधिकृत अमोद यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रौशन परवीनले सिकेको कुरालाई व्यवहारमा ल्याई फल्दाईक बनाउनु पर्ने बताइन् । साथै सिकि सकेपछि सहभागीहरुलाई घरमा नबस्न उनले आग्रह गरिन ।
दुई वर्षे २२ सेप्टेम्बर २०२२ देखि २०२४ सम्म कलैया उपमहानगरपालिकामा संचालित सिटिईभिटीको कोर्षमा आधारित सीप स्तर अनुसार तह –२ ( १५०० घण्टाको ) “उधम विकास सहजकर्ता“मोडुलर कोर्षमा २५ जनाको सहभागीता रहेको कार्यकारी निर्देशक बन्टी गुप्ताले बताए ।
उनका अनुसार यो चौथो ब्याच रहेको समेत बताए । उक्त कार्यक्रममा इन इलम हेल्भेटास नेपालका कोडिनेटर कृष्ण लाल कर्ण,टिम लिडर हरि बहादुर गुरुङ,पदाधिकारी,विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका सहायक प्रिन्सिपल सरोज कोईरालाले गर्नु भएको थियोे भने कार्यक्रमको संचालक जानुका सापकोटाले गरेकी थिइन् ।

