सुनचाँदीको मूल्य बढ्यो

साझेदारी डेलि
58 पाठक संख्या

बारा । स्थानीय बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो ।

आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २७५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार १५५ मा कारोबार भएको थियो ।

Leave a review

This will close in 0 seconds