कलैया : बारा प्रहरीले २७ लाख १२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुर चोकमा सो सामान बरामद गरेको हो।
वीरगंजबाट चितवन तर्फ जादै गरेको ना.३ ख २९४६ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो।
सो ट्रकमा लोड रहेको कपडा,जिन्स,रसायन पदार्थ र जाली बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. २७ लाख १२ हजार ७ सय ३४ रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।
उक्त सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

