पर्सा प्रहरीद्वारा गाँजा फडानी तथा नष्ट

साझेदारी दैनिक
464 पाठक संख्या

वीरगञ्ज : प्रतिबन्धित गाँजा फडानी गरी पर्सा प्रहरीले नष्ट गरेको छ।

पर्सागढी नगरपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झाबराहामा दुई विगाहा खेतमा लगाइएको गाँजा खेती फडानी गरी पर्सा प्रहरीले नष्ट गरेको हो।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पन्ध्र हजार गाँजाको बोट फडानी तथा नष्ट गरेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने उनले बताए।

Leave a review

This will close in 0 seconds