बारामा सशस्त्र प्रहरीले ठुलो परिणाममा लागुऔषध ईन्जेक्सन बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 316 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बारामा सशस्त्र प्रहरीले विहिवार ठुलो परिणाममा लागुऔषध ईन्जेक्सन वरामद गरेको छ ।कार्यालय बाराले सशस्त्र प्रहरी बल नेपाल विओपी बरैनियाले २ हजार ८ सय पिस लागु औषध ईन्जेक्सन बरामद गरेको हो ।

विओपीका सशस्त्र प्रहरी प्रहरी निरिक्षक अम्बिर खत्रीको कमाण्डमा खटिएको प्रहरीको टोलिले बिश्रामपुर गाउँपालिका वडा नं.३ मुसहर्वाबाट लागु औषध ईन्जेक्सन बरामद गरेको जानकारी गराएको छ । बरामद लागु औषधमाा ११ प्याकेट फेनारगन ११ सय पिस, ९ प्याकेट डाईजेपाम ९ सय पिस र नुर्फिन ८ प्याकेटमा ८ सय पिस गरी जम्मा २ हजार ८ सय पिस लागु औषध ईन्जेक्सन रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गणका प्रवक्ता निरञ्जन भण्डारीले जानकारी दिएका छन ।

मुसर्वा सिमा ईलाकामा भारतबाट नेपालतर्फ आउँदैँ गरेको मानिसहरु गस्ती टोलिलाई देखेर टाउँकोमा बोकेको लागुऔषध छाडि भारततर्फ फरार भएको प्रवक्ता भण्डारीले बताए । बरामद लागु औषध थप अनुसन्धानकाालागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गणले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review