सशस्त्र प्रहरीद्वारा पिलुवामा निशुल्क आँखा शिविर

साझेदारी दैनिक
351 पाठक संख्या

डुमरवाना : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पिलुवामा रहेको सशस्त्र प्रहरी बल,नेपाल नम्बर ४० रिजर्भ गण हे.क्वामा बिहीबार निःशुल्क आँखा शिविर गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० रिजर्भ गणको आयोजना तथा किरण आँखा अस्पताल बीरगञ्जको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो ।

शिविरको शसस्त्र प्रहरी उपरीक्षक नवराज थापाले उद्घाटन गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेल,बारा एकाडेमी अग्रेजी माध्यमिक विद्यालयकी प्रिन्सिपल कविता खरेल लगायतको उपस्थिति रहेको ।

शिविरमा सशस्त्र प्रहरी,विद्यार्थी र स्थानियहरू गरी १ सय ५० जनाको आँखा परीक्षण गरिएको थियो। सो अवसमार शिविरमा आएका विरामीहरुलाइ निःशुल्क रूपमा आँखा थोपा वितरण गरिएको किरण आँखा अस्पतालकी आरती गुप्ताले बताईन ।

शिविरले सशस्त्र प्रहरी बलका जवानहरूको आँखासम्बन्धी समस्याहरू पहिचान गर्न र आवश्यक उपचार उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको भन्दै प्रहरीहरुले अस्पताल परिवारलाई धन्यवाद दिएका छन ।

परीक्षण गरिएका बिरामीहरूमध्ये केहीमा मोतियाबिन्दु फेला परेको छ,जसको शल्यक्रिया निशुल्क रुपमा किरण आँखा अस्पतालमै गरिने अस्पतालका प्रमुख डा. अमर क्यालले बताएका छन्।

शिविरमा अस्पतालका प्राविधिकहरू पुष्पा सर्राफ,कमलेश कुमार,आरती गुप्ता,रामबाबु चौरसिया लगायतका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds