सहकारीको क्षमता अभिवृद्धिका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

रञ्जन यादव
223 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिका भरीका सहकारीको क्षमता अभिवृद्धिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।

यस अघि सिमरास्थित होटल क्लासिक प्लाजामा आयोजित दुईदिने तालिमको नगरप्रमुख राजन पौडेलले शुक्रबार उद्घाटन गरेका थिए ।

नगरप्रमुख पौडेलले संख्यात्मकमा नभै सहकारीको गुणत्मक वृद्धिमा नगरले ध्यान दिएको बताए । अन्यत्र सहकारीहरुमा देखिएका समस्या जीतपुरसिमराका जनताले भोग्न नपर्नेगरी कानुनी रुपमा सबल बन्न तालिममा सहभागिहरुलाई उनले आग्रह गरेका थिए ।

कानुन परिपालनमा सहकारी संचालक र तीनका सदस्य चुक्दा समस्या भैरहेको उनले सुनाए । सहकारीहरुले निर्देशित कानुनलाई ब्यवस्था गर्न नहुने उनको भनाई थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा १०३ वटा सहकारी रहेको छ । यहाँ करिब ७५ वटा संस्था सक्रीय रहेका छन् । तीनै मध्येका ६५ वटा सहकारी कर्मचारी र संचालक गरी एकसय ५० जना प्रतिनिधिहरुको तालिममा सहभागिता रहेको पालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिए ।

तालिमका सहभागिलाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव कार्यकारी प्रमुख झलेन्द्र भट्टराईले सहजीकरण गरे ।

Leave a review