लुकाएर राखिएको अवैध सालको काठ बरामद

रञ्जन यादव
224 पाठक संख्या

पर्सा : पर्साको बन क्षेत्रको नियमित गस्तीमा निस्केका बन कर्मचारीहरूले स्याउलाले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा एक थान सालको काठका गोलिया फेला पारेको छ ।

अवैध रूपमा स्याउलाले लुकाइछुपाई राखिएको अवस्थामा १९.८ क्युफिटको काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बन गस्ती टोलीले बिहान र बेलुकाको समयमा जङ्गल अनुगमनलाई तिब्रता दिएका छन् ।

त्यही स्वरुप सबैया सब डिभिजन बन कार्यालयबाट गएको बन गस्ती टोलीले बीरगंज महानगरपालिका वडा नं.३२ भेडाहा खोला छेउमा रहेको रामबन तर्फबाट उक्त काठ फेला परेको सबैया सब डिभिजन बन कार्यालयका फरेष्टर पुरुषोत्तम पटेलले बताए ।

गस्ती टोलीले उक्त काठ बरामद गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सबैया सब डिभिजन बन कार्यालयको प्राङ्गनमा राखेको फरेष्टर पटेलले बताए ।अवैध काठ कटानी तथा तस्करी नियन्त्रणका लागि बन क्षेत्रको निगरानी अझ कडा बनाइएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

अवैध काठको तस्करीले बन जंगलमा गम्भीर क्षति पु-याउने हुँदा यसविरुद्ध जानेलाई कडा कारबाही गर्ने डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत अहमदले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले बताए ।

Leave a review