कलैया : बारामा संचालित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरुको भिड बढदै गएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरीयारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा संचालित मेलामा दर्शनार्थीहरुको भिड बढदै गएको हो ।
गढीमाईको मन्दिरमा भक्तजनहरुको घुँइचो बढ्दै गएको छ भने अब सडकहरूमा पनि जाम लाग्न थालेको छन।
मंसिर १ गतेदेखि सुरु भएको मेलामा करिब २५ लाख भन्दा बढी दर्शनार्थीहरुको दर्शन गरेर गईसकेको गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता बिकाश कुमार सिंहले साझेदारी दैनिकलाई बताएका छन् ।
उनका अनुसार भारतबाट भाकल चढाउन आउने भक्तजनहरु नेपाल प्रवेश गर्ने बेला मटिअर्वा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको पनि जानकारी गराए ।
मटिहार्वा नाकामा रहेका एसएसबीका जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी,बोका,राँगा,अन्य पशुपक्षी तथा सवारीसाधनलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएपछि आफू उक्त समस्यालाई गएर समाधान गरेको प्रवक्ता सिंहले बताए । बारामा रहेको पचरौताको पिपरपाती,सिम्रौनगढ,सन्तगन्ज नाका र पर्साको बिरगंज नाकामा समस्या नरहेको उनले बताए ।
मेलामा अहिलेसम्म एक हजार भन्दा बढी राँगाहरु दर्ता भईसको र आउने क्रम जारी रहेको समेत उनले जनाए ।
सो मेलामा राँगा बली मंसिर २३ र बोका बली २४ गते दिईने प्रवक्ता सिंहले जानकारी दिएका छन ।

