छठ पर्वको अवसरमा गरुडामा चारवटा टावर लाइटको उद्घाटन

Subash Kumar Mishra
332 पाठक संख्या

रौतहट : रौतहटको गरुडा नगरपालिकामा जडान गरिएको टावर लाइटको गरुडा नगरपालिकामा –५ का वडा अध्यक्ष रामबिनोद साहले उद्घाटन गरेका छन्। लोक आस्थाको महान पर्व छठको अवसरमा वडा अन्तर्गत जडान गरिएको चारवटा टावर लाइटको शुक्रबार साँझ उद्घाटन गरेका हुन्।

वडा स्तरीय दस लाखको बजेटबाट वडा अन्तर्गत लक्ष्मीपुरमा १ वटा टावरलाइटको उद्घाटन गरेका हुन्। महम्मदपुरमा तीन वटा गरी चार वटा टावर लाइटको एक कार्यक्रमका बीच वडाध्यक्ष साहले स्विच अन गरेर उद्घाटन गरेका हुन्।

वडाको विभिन्न ठाँउलाई उज्यालो र सुन्दर बनाउने आफ्नो लक्ष्य रहेको वडाध्यक्ष साहले जानकारी दिएका हुन्।

Leave a review