बाराको एक मात्र जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालमा १ जना डाक्टर सहित १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा १ जना डाक्टर, २ जना नर्स, २ जना स्वीपर, १ जना फार्मेसी, १ जना एक्सरे र बाकी ३ जना अन्य रहेको अस्पतालका प्रमुख डाक्टर बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।
७४ जनाको रिपोर्ट आएकोमा १० जना संक्रमित भएका छन् भने २० जनाको रिपोर्ट आउन बाकी रहेको प्रमुख मण्डलले भन्नुभयो ।
श्रावन २० गते ९४ जनाको स्याव संकलन गरी वीरगंजमा परिक्षण गराएकोमा तिनीहरुमा पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
यसैबिच प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले संक्रमण बढदै गएको हुदा सचेत र समबेदनशिल हुन जिल्ला वासीहरुमा आग्रह गर्नुभएको छ ।