गुरुकुल संचालनार्थ संचालित महायज्ञमा करिब २० लाख संकलन

सन्तोष पाण्डे
423 पाठक संख्या

सिमरा : गुरुकुल संचालनार्थ बाराको जीतपुरसिमरा १६ पिलुवामा संचालित श्रीमद् भागवत महायज्ञमा करिब २० लाख नगद तथा जिन्सी संकलन भएको छ ।

गत मंसिर २० गतदेखी संचालन भएको साताव्यापी श्रीमद्तारतम सागर एवम् श्रीमद भागवत सप्ताह ज्ञान् महायज्ञ बुधबार सम्पन्न भएको छ ।

महायज्ञ समापन समारोहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौका आयुक्त जय बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ रहेको कृष्ण प्रणामी मन्दिर संतसंग भवन पिलुवा बाराको गजुर निर्माण एवम् गुरुकुल संचालनका निमित्त उक्त महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञान मुख कथा बाचक भागवतचार्य बाणी विषारद शास्त्री नविन कृष्ण ढुंगेल र कथाबाचक बाणि विषारद बुद्धि प्रकाश लुईटेलले कथा बाचन गरी रहनुभएको छ भने भजन गायनमा भजन गायक संजय सापकोटाको टिमले रहेको आयोजक मुल समितिका सचिव विनोद कार्कीले जानकारी गराएका छन ।

यसैविच महायज्ञको अन्तिम दिन जेष्ठ नागरिक सम्मान तथा निशुल्क नेत्र शिबिर समेत संचालन गरिएको थियो ।

बुधवार आयोजित महायज्ञ समापन समारोहमा वडा नम्बर १६ का वडाअध्यक्ष हरीदेव खरेल,निवर्तमान वडाअध्यक्ष केदार बजगाई, श्रीकृष्ण प्रणामी सेवा समिति, बारा र पर्सा का जिल्ला अध्यक्ष अजुर्न घिमीरे लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds