कलैया । कलैया सिटी जेसिजले अमृता अनाथ आश्रममा होलीको शुभकामना आदानप्रदान तथा खाद्यान्न एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको अमृता अनाथ आश्रमका बाल बालिकाहरुलाई कलैया सिटी जेसिजको आयोजनामा शनिबार एक कार्यक्रम बीच होलीको शुभकामना आदानप्रदान तथा खाद्यान्न एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
” मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो ” मुलनाराका साथ उक्त सामाग्री वितरण गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतले कलैया सिटी जेसिजले २००९ साल स्थापना देखी नै हामीलाई सहयोग गर्दै आउनु भएको बताइन् ।
यस्ता कार्यक्रमले बालबालिकाहरु धेरै नै खुशी हुने गरेको समेत उनले बताइन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फले अमृता अनाथ आश्रमलाई आउने दिनमा पनि थप सहयोग गर्ने बताए ।
सोयाबिन,नुन,तेल,प्याज,चामल,अण्डा,कोक,चिउरा,लाई,बिस्कुट,दालजस्ता अन्य खाद्यान्न सामाग्री अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओम प्रकाश सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा २०२० का अध्यक्ष विपिन चौधरी,२०२१ का अध्यक्ष शम्भु गुप्ता,२०२४ का उपाअध्यक्ष जेसी अकाश गुप्ता,२०२५ का कार्य कारणी उपाध्यक्ष धर्मेन्द्र प्रसाद यादव र संजय कुशवाहा,उपाध्यक्ष संदिप प्रसाद यादव,मुकेश कुमार स्वर्णकार,उमेश कुमार साह र अर्बिन्द साह,कानुनी सल्लाहकार सन्दिप कुमार साह,कोषाध्यक्ष आदिल अन्सारी,पुर्व अध्यक्ष,वोर्डका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्तिथि रहेको थियोे ।
सो कार्यक्रमको संचालन कलैया सिटी जेसिज २०२५का महासचिव श्यामबिहारी केशरीले गरेका थिए ।

