बाराको एक वडाअध्यक्षले आफुलाई केही युवाहरुले विनाकारण हातपात गर्दा समेत प्रहरीले न्याय नदिएको आरोप लगाएका छन ।
जिल्लाको सुवर्ण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष राम एकवाल साहले आफुलाई स्थानीय केहि युवाहरुले विनाकारण हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जादा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आरोप लगाएका छन ।
असोज १ गते अर्थात बिश्वकर्मा पुजाको दिन सो गाउँपालिकाको वडा नं. ५ ओरैया कि एक १२ बर्षीया मुस्लिम बालिकालाई राती ८ वजेतिर स्थानीय २५ बर्षीय शिवपुजन यादवले बलात्कार गरेको र पिडित बालिकाका बुबाले वडा अध्यक्ष साहलाई—मेरो छोरीको बलात्कार भएको छ एउटा सिफारिस लेखी दिनुस भन्दा वडा अध्यक्षले बलात्कार जस्तो जघन्य अपराधको सिफारिस हामीले गर्न मिल्दैन भनी जवाफ फर्काएपछि स्थानीय विनोद यादवको नेतृत्व रहेका युवाहरुले बैठकमै हातपात र कुटपिट गरेको वडा अध्यक्ष साहले गुनासो गरेका छन ।
कुटपिटमा संलग्न स्थानीय तीन जना युवाहरुको नाउमा किटांनी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बारामा जादा एक साता भई सकदापनि प्रहरीले मुद्दादर्ता गर्न नमानेको पिडित वडा अध्यक्षले गुनोस गरेका छन । बलात्कार जस्तो जघन्य अपराधलाई लेनदेनमा मिलाउन खोजेको आरोपवारे प्रतिकृया लिदा चरित्र हत्या गर्न विपक्षीहरुले यस्तो आरोप लगाएको वडा अध्यक्ष साहले बताएका छन ।
बलात्कारका अभियोग लागेका स्थानीय शिवपुजन यादव फरार रहेकोले उनको खोजी तथा घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वडा अध्यक्ष साहको कुटपिट वारे बारा प्रहरी प्रवक्ता गौतम मिश्रसंग प्रतिकृया लिदा वडा अध्यक्ष साहको कुटपिट भएको भनिएपनि शरीरमा घाउ, चोटपटक केहि नदेखिएको हुदा उजुरी नलिएको बताएका छन ।
बालिकाको बलात्कार भएपनि नजिकै रहेको इलाका प्रहरी कार्यालय कवही गोठलाई जानकारी नदिनु, वडा अध्यक्षले सो घटनालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हातपात गर्नु र तीनदिन पछि बलात्कारको मुद्दा बारा प्रहरी कार्यालयमा दर्ता गर्नुले घटना रहस्यपूर्ण रहेको केही स्थानीहरुको भनाई छ ।