कपडा किन्न घरबाट निस्किएका युवक बारामा मृत फेला

साझेदारी डेलि
299 पाठक संख्या

कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१९ ईनर्वासिरा क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिहीबार अपराह्न करिब ४ः३० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले अन्दाजी १७ वर्षीय युवकको शव फेला पारेको हो।

प्रहरीका अनुसार मृतक कलैया उपमहानगरपालिका–२ दोहरी टोलमा बस्ने जयराम महतोका १७ वर्षीय छोरा आकाश महतो हुन्। शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

प्रहरीले मृत्युको कारण खुल्न नसकेको भन्दै घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाएको छ। यता परिवारका अनुसार आकाश महतो असार २४ गते बुधबार बिहान कपडा किन्न घरबाट निस्किएका थिए।

Leave a review

This will close in 0 seconds